काठमाडौँ । नेपाल प्रहरीले जेठ महिनामा देशभर लागूऔषध कारोबारमा संलग्न १ हजार ३६ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा उपत्यकासहित सातै प्रदेश र लागूऔषध नियन्त्रण ब्यूरोबाट समातिएका व्यक्ति छन्।
सोही अवधिमा विभिन्न मुद्दामा फरार रहेका २ हजार १८२ प्रतिवादीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ। लागूऔषध कारोबार, ठगी, बैङ्किङ कसुर, जबरजस्ती करणी तथा कर्तव्य ज्यानलगायतका मुद्दाका फरार प्रतिवादी पक्राउ गर्न विशेष अभियान सञ्चालन भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: ११ असार २०८३, बिहिबार













प्रतिक्रिया