काठमाडौं। अन्तर्राष्ट्रिय फुटबल महासङ्घले अखिल नेपाल फुटबल सङ्घमाथि निलम्बन लगाएपछि विभिन्न फुटबल सङ्घ तथा फुटबलकर्मीहरूले विरोध जनाएका छन्।
एन्फा मुख्यालयको प्रवेशद्वार अगाडि ‘धन्यवाद एन्फा’ लेखिएको ब्यानर टाँसेर उनीहरूले व्यङ्ग्यात्मक प्रदर्शन गरेका हुन्।
एन्फाको नेतृत्व र व्यवस्थापनप्रति असन्तुष्टि जनाउँदै फुटबलकर्मीहरूले प्रतीकात्मक रूपमा उक्त ब्यानर प्रदर्शन गरेका थिए। उनीहरूले नेपाली फुटबलको वर्तमान अवस्था र एन्फाको कार्यशैलीप्रति गम्भीर असहमति रहेको बताएका छन्।
अन्तर्राष्ट्रिय फुटबल महासङ्घको परिषद् ब्युरोले तेस्रो पक्षको हस्तक्षेपसँग सम्बन्धित आफ्नो विधानको गम्भीर उल्लङ्घन भएको निष्कर्ष निकाल्दै एन्फामाथि निलम्बनको निर्णय गरेको हो।
एन्फाका महासचिव किरण राईले निलम्बनसम्बन्धी जानकारी सार्वजनिक गर्दै अन्तर्राष्ट्रिय फुटबल महासङ्घको निर्णय आधिकारिक रूपमा प्राप्त भएको बताएका छन्।
फुटबलकर्मीहरूले नेपाली फुटबलको भविष्य जोगाउन पारदर्शी नेतृत्व, प्रभावकारी व्यवस्थापन र संस्थागत सुधार अपरिहार्य रहेकोमा जोड दिएका छन्। एन्फामाथिको निलम्बनले नेपाली फुटबलको अन्तर्राष्ट्रिय सहभागितामै गम्भीर असर पार्ने चिन्ता पनि व्यक्त गरिएको छ।
तस्बिरहरू:

प्रकाशित मिति: ११ असार २०८३, बिहिबार













प्रतिक्रिया