काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले नेपाली फुटबललाई नयाँ ढंगले पुनर्निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
अखिल नेपाल फुटबल संघ (एन्फा) फिफाबाट निलम्बनमा परेको सन्दर्भमा सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै मन्त्री पोखरेलले नेपाली फुटबल सुधारका लागि सरोकारवालासँग निरन्तर छलफल भइरहेको बताएका हुन्।
उनले वर्तमान तथा पूर्व फुटबल खेलाडी, खेल प्रशासक र अन्य सम्बन्धित पक्षहरूसँग परामर्श जारी रहेको उल्लेख गर्दै फुटबल क्षेत्रको पुनर्संरचना र सुधारमा सरकार प्रतिबद्ध रहेको स्पष्ट पारे।
मन्त्री पोखरेलले राष्ट्रिय परीक्षा बोर्डसम्बन्धी आफ्नो फेसबुक पोस्टमा गरिएको एक प्रतिक्रियाको जवाफ दिने क्रममा नेपाली फुटबलबारे धारणा सार्वजनिक गरेका थिए।
‘हामी हालका तथा पूर्व फुटबल खेलाडीहरू र विभिन्न सरोकारवालासँग निरन्तर संवादमा छौँ। नेपाली फुटबललाई पुनर्निर्माण गर्ने दिशामा आवश्यक पहल गरिरहेका छौँ’ उनले लेखेका छन्।
प्रकाशित मिति: ११ असार २०८३, बिहिबार













प्रतिक्रिया