चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत पदाधिकारी निर्वाचनमा मतदानको अन्तिम चरणमा विवाद उत्पन्न भएको छ।
निर्धारित समय सकिएपछि मतदानस्थलको प्रवेशद्वार बन्द गरिएसँगै बाहिर रहेका केही प्रतिनिधिले आफूहरूलाई पनि मतदान गर्न दिनुपर्ने माग गर्दै विरोध जनाएका थिए। त्यसपछि केहीबेर मतदानस्थलमा तनावपूर्ण अवस्था सिर्जना भएको थियो।
विवादपछि केन्द्रीय निर्वाचन आयोगले टाढाटाढाबाट आएका प्रतिनिधिको अवस्थालाई ध्यानमा राख्दै मतदानको समय थप ३० मिनेटका लागि बढाउने निर्णय गरेको जनाएको छ।
आयोगका अनुसार थपिएको समयभित्र मतदानस्थलको हलभित्र प्रवेश गरिसकेका प्रतिनिधिले मात्र मतदान गर्न पाउने व्यवस्था गरिएको छ। साथै, मतदानका लागि आवश्यक भौचर भरिसकेका प्रतिनिधिलाई तत्काल प्रक्रिया पूरा गरी मतदान गर्न पनि आयोगले आग्रह गरेको छ।
निर्वाचन आयोगका अनुसार समाचार तयार पार्दासम्म पदाधिकारी निर्वाचनमा करिब १२ सयदेखि १३ सय प्रतिनिधिले आफ्नो मताधिकार प्रयोग गरिसकेका छन्। मतदान सम्पन्न भएपछि मतगणना प्रक्रिया सुरु गरिने जनाइएको छ।
प्रकाशित मिति: १२ असार २०८३, शुक्रबार













प्रतिक्रिया