काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानअन्तर्गतको बाल अधिकार उपसमितिले बालबालिकालाई राजनीतिक दलको सदस्य बनाउने कार्य संविधान, कानुन र अन्तर्राष्ट्रिय प्रतिबद्धताविपरीत भएको भन्दै तत्काल रोक्न अपिल गरेको छ। उपसमितिले राजनीतिक दल सम्बन्धी ऐन, २०७३ र बालबालिका सम्बन्धी ऐन, २०७५ अनुसार पार्टी सदस्य बन्न कम्तीमा १८ वर्ष उमेर पूरा भएको हुनुपर्ने व्यवस्था रहेको स्मरण गराउँदै सबै दललाई कानुनको पालना गर्न आग्रह गरेको छ।

उपसमितिले प्रधानमन्त्री आबद्ध दलको सदस्यता विवरणमा बालबालिकाको सदस्यता देखिएको दाबी गर्दै त्यसलाई आपत्तिजनक र लज्जास्पद भनेको छ। यस विषयमा प्रधानमन्त्रीबाट सार्वजनिक जवाफ र कानुन कार्यान्वयनका लागि प्रभावकारी पहलको माग गर्दै कांग्रेसले सदस्य संख्या बढाउने नाममा बालअधिकार उल्लङ्घन हुने गतिविधि दोहोरिन नदिन सबै राजनीतिक दल र नेता–कार्यकर्तालाई सचेत रहन आग्रह गरेको छ।

advertisement

प्रकाशित मिति: १२ असार २०८३, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com