काठमाडौं । भेनेजुएलामा लगातार आएका दुई शक्तिशाली भूकम्पका कारण २० वर्षमुनिको राष्ट्रिय फुटबल टोलीका खेलाडी यिमभर्ट बेरोटेरानको मृत्यु भएको पुष्टि भएको छ।

भेनेजुएला फुटबल महासंघ (एफभीएफ)ले शुक्रबार विज्ञप्ति जारी गर्दै १८ वर्षीय फरवार्ड बेरोटेरानको निधनप्रति गहिरो दुःख व्यक्त गरेको हो। महासंघका अनुसार उनी देशका प्रतिभाशाली युवा खेलाडीमध्ये एक थिए।

advertisement

स्थानीय सञ्चारमाध्यमका अनुसार भूकम्पपछि भग्नावशेषमा पुरिएका बेरोटेरानको शव उद्धारकर्ताले करिब २४ घण्टापछि फेला पारेका थिए। पछिल्ला दुई दिनमा आएका शक्तिशाली भूकम्पका कारण मृत्यु हुनेको संख्या ९ सय नाघिसकेको बताइएको छ।

बेरोटेरान घरेलु क्लब युनिभर्सिदाद सेन्ट्राल (यूसीभी) का महत्वपूर्ण सदस्य थिए। उनले गत डिसेम्बरमा क्लबलाई इतिहासमै पहिलो पटक भेनेजुएलाको शीर्ष डिभिजन लिगको उपाधि दिलाउन उल्लेखनीय भूमिका खेलेका थिए। सोही सिजन क्लबले राष्ट्रिय कपको उपाधिसमेत जितेको थियो।

उनले गत डिसेम्बरमै कतारमा आयोजित फिफा यू–१७ विश्वकप मा भेनेजुएलाको प्रतिनिधित्व गरेका थिए, जहाँ टोली अन्तिम ३२ सम्म पुगेको थियो।

एफभीएफले विज्ञप्तिमा भनेको छ, “भेनेजुएला फुटबल महासंघ यिमभर्ट बेरोटेरानको निधनप्रति गहिरो दुःख व्यक्त गर्दछ। आज भेनेजुएलाली फुटबलले देशको जर्सीलाई गर्व, समर्पण र प्रेमका साथ प्रतिनिधित्व गर्ने एक प्रतिभाशाली युवा गुमाएको छ। उनको असामयिक निधनले सम्पूर्ण ‘भिनोटिन्टो’ परिवारलाई स्तब्ध बनाएको छ।”

महासंघले बेरोटेरानका परिवार, आफन्त, टोलीका सदस्य, प्रशिक्षक तथा शुभेच्छुकप्रति समवेदना व्यक्त गर्दै नेपाली फुटबलले मात्र होइन, सम्पूर्ण भेनेजुएलाली खेलकुद समुदायले उनको योगदानलाई सधैं सम्मानपूर्वक स्मरण गर्ने जनाएको छ।

प्रकाशित मिति: १३ असार २०८३, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com