काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आफू र प्रधानमन्त्री बालेन शाहबीच सहकार्य भए जनताले त्यसलाई कसरी लिने हुन् भन्ने प्रश्न सार्वजनिक गरेका छन्।
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच सम्भावित राजनीतिक सहकार्यको चर्चा चलिरहेका बेला साम्पाङले सामाजिक सञ्जालमार्फत संकेतपूर्ण टिप्पणी गरेका हुन्।
हर्क साम्पाङले फेसबुकमा लेखेका छन्, ‘प्रचण्ड र केपी ओली मिल्दा अचम्म नमान्ने जनताले हर्क साम्पाङ र बालेन मिले भन्ने खबर आयो भने कतिको अचम्म मान्लान् त ?’
साम्पाङको यो अभिव्यक्ति ओली–प्रचण्ड एउटै मञ्चमा देखिएर सहकार्यको संकेत दिएको राजनीतिक घटनाक्रमपछि आएको हो।
पछिल्लो समय साम्पाङ प्रधानमन्त्री बालेन शाहको कार्यशैलीप्रति सार्वजनिक रूपमा आलोचनात्मक रहँदै आएका छन्।
प्रकाशित मिति: १४ असार २०८३, आइतबार












प्रतिक्रिया