काठमाडौं। नारायणकाजी श्रेष्ठ ले होल्डिङ सेन्टरमा राखिएका सुकुमबासीहरूको यथाशीघ्र वैज्ञानिक र मानवीय ढंगले उचित बसोबासको व्यवस्था गर्न सरकारसँग आग्रह गरेका छन्।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले पुनर्वासको व्यवस्था नगरी सुकुमबासीलाई बलजफ्ती हटाउने कार्य तत्काल बन्द गर्न माग गरेका हुन्।

श्रेष्ठले पुनर्वासको सुनिश्चितता बिना होल्डिङ सेन्टरबाट निकाल्ने सूचना, धम्की र चेतावनी दिनु गलत र गैरजिम्मेवार कदम भएको बताए।

उनले भने, “सुकुमबासीलाई छिटोभन्दा छिटो वैज्ञानिक र मानवीय आधारमा उचित बसोबासको व्यवस्था गरियोस्। त्यस्तो व्यवस्था नभएसम्म बलजफ्ती हटाउने काम बन्द गरियोस्, अन्यथा परिणाम गम्भीर हुन सक्छ।”

उनले बालेन शाह नेतृत्वको सरकारले नेपाली सेना तथा सुरक्षा निकाय परिचालन गरेर बल प्रयोगमार्फत अमानवीय ढंगले सुकुमबासी हटाएको आरोप पनि लगाएका छन्।

प्रकाशित मिति: १५ असार २०८३, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com