काठमाडौं । शक्तिशाली भूकम्पबाट ठूलो जनधनको क्षति व्यहोरेको भेनेजुएलाका लागि चीनले १० करोड युआन (करिब १ करोड ४७ लाख अमेरिकी डलर) बराबरको आपतकालीन राहत सहायता उपलब्ध गराउने घोषणा गरेको छ। दुई शक्तिशाली भूकम्पमा परी हालसम्म १,४५० भन्दा बढीको मृत्यु भएपछि चीनले राहत, उद्धार तथा पुनर्निर्माणमा सहयोग गर्ने प्रतिबद्धता जनाएको हो।
चीनको विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनका अनुसार राहत सामग्री सकेसम्म चाँडो भेनेजुएला पठाइनेछ र प्रभावित क्षेत्रमा उद्धार कार्यलाई सहयोग गर्न स्याटेलाइट तस्बिरसमेत उपलब्ध गराइनेछ। यसअघि चिनियाँ राष्ट्रपति सी चिनफिङले भेनेजुएलाकी अन्तरिम राष्ट्रपति डेल्सी रोड्रिगेजप्रति समवेदना व्यक्त गर्दै आवश्यक सहयोग जारी रहने बताएका थिए। भूकम्पमा आठ जना चिनियाँ नागरिकको मृत्यु भएको पुष्टि भएको छ भने एक जना अझै बेपत्ता छन्।
प्रकाशित मिति: १५ असार २०८३, सोमबार













प्रतिक्रिया