काठमाडौं । नेपाल–भारतका राजमार्गमा सञ्चालन हुने लामो दूरीका ट्रकचालक र यौनकर्मीबीच हुने असुरक्षित यौन सम्पर्क, सामाजिक लाञ्छना, एचआईभी परीक्षण तथा उपचार सेवामा सीमित पहुँच र रोकथाम कार्यक्रम कमजोर बन्दै जाँदा एचआईभी संक्रमणको जोखिम बढ्दै गएको एक अनुसन्धानले देखाएको छ।

भारतमा रोजगारी गर्ने नेपाली ट्रकचालकहरू संक्रमणको उच्च जोखिममा रहेको, कतिपयले समयमै परीक्षण नगराउने, औषधि नियमित नखाने तथा पहिचान खुल्ने डरले उपचारबाट टाढिने गरेको प्रतिवेदनमा उल्लेख छ। सीमापार आवागमन सहज भए पनि भारतमा नेपाली चालकहरूले एआरटी (एन्टिरेट्रोभाइरल थेरापी) औषधि सहज रूपमा प्राप्त गर्न नसक्ने समस्या पनि औँल्याइएको छ।

प्रकाशित मिति: १५ असार २०८३, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com