काठमाडौं। अफगानिस्तानस्थित संयुक्त राष्ट्रसंघीय मिसनका अनुसार पाकिस्तानले सीमावर्ती क्षेत्रमा गरेको हवाई तथा स्थल आक्रमणमा कम्तीमा २८ सर्वसाधारणको मृत्यु भएको छ।
संयुक्त राष्ट्रसंघीय मिसनका अनुसार आक्रमणमा ४९ जना घाइते भएका छन्। मृतक र घाइतेमध्ये महिला तथा बालबालिका पनि रहेका छन्।
अफगानिस्तानको तालिबान सरकारले आक्रमणमा सर्वसाधारणका घरहरू लक्षित भएको आरोप लगाउँदै यसलाई कायरतापूर्ण र क्रूर कार्यको संज्ञा दिएको छ।
उता पाकिस्तानले अफगानिस्तानका पक्तिया, पक्तिका र कुनार प्रान्तमा रहेका अतिवादी समूहका आश्रयस्थललाई लक्षित गरी कारबाही गरिएको जनाएको छ।
दुई देशबीच गत वर्ष युद्धविरामको सहमति भए पनि पछिल्लो समय सीमा क्षेत्रमा तनाव पुनः चर्किएको छ।
प्रकाशित मिति: १६ असार २०८३, मंगलबार













प्रतिक्रिया