काठमाडौं। पशुपतिनाथ मन्दिर दर्शन गर्न आएका श्रद्धालुहरूको गरगहना लुटपाट गरेको आरोपमा दुई भारतीय नागरिक पक्राउ परेका छन्।

पक्राउ पर्नेमा भारतको गोरखपुर घर भई हाल भक्तपुरमा बस्दै आएका रञ्जित चौधरी र शान्ति चमार रहेका छन्। प्रहरी वृत्त गौशालाको टोलीले उनीहरूलाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार उनीहरूबाट सुनका सिक्री, झुम्का, मुन्द्रा, मंगलसूत्र, चाँदीका औँठी, पाउजु, ब्रासलेट, लकेटलगायत विभिन्न गरगहना बरामद गरिएको छ। साथै नेपाली रुपैयाँ १ लाख १५ हजार ५०० र भारतीय रुपैयाँ ८० हजार पनि बरामद भएको प्रहरीले जनाएको छ।

दुवै जनाविरुद्ध चोरी तथा डाँका सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

प्रकाशित मिति: १६ असार २०८३, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com