काठमाडौं। नेपाल आयल निगमले इन्धनको मूल्य घटाएलगत्तै काठमाडौं उपत्यकाका अधिकांश निजी पेट्रोल पम्प बन्द भएका छन्।

निगमले पेट्रोलमा प्रतिलिटर २० रुपैयाँ तथा डिजेल र मट्टितेलमा प्रतिलिटर ३० रुपैयाँ मूल्य घटाएपछि निजी व्यवसायीहरूले बिक्री रोकेका हुन्।

पम्प सञ्चालकहरूले पुरानो मौज्दातबाट घाटा हुने भन्दै ‘पेट्रोल छैन’ सूचना राखेर पम्प बन्द गरेका छन्।

नयाँ मूल्यअनुसार काठमाडौं, पोखरा र दिपायलमा पेट्रोल प्रतिलिटर १९७ रुपैयाँ तथा डिजेल र मट्टितेल प्रतिलिटर १९५ रुपैयाँ कायम भएको छ।

अन्तर्राष्ट्रिय बजारमा खरिद मूल्य घटेपछि निगमले उपभोक्तालाई राहत दिन मूल्य समायोजन गरेको भए पनि पम्प बन्द हुँदा बजारमा कृत्रिम अभाव देखिएको छ।

पूर्वसूचना बिना पम्प बन्द हुँदा इन्धन भर्न पुगेका सर्वसाधारण लामो लाइन लागेर पनि रित्तै फर्किन बाध्य भएका छन्।

निगमका प्रवक्ता मनोज ठाकुरका अनुसार बजार अनुगमनका लागि काठमाडौं उपत्यकामा तीन विशेष टोली परिचालन गरिएको छ।

कृत्रिम अभाव सिर्जना गरेको वा बिना कारण पम्प बन्द गरेको पाइए कानुनी कारबाही गरिने निगमले जनाएको छ।

प्रकाशित मिति: १७ असार २०८३, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com