काठमाडौं। उच्च शिक्षालाई व्यवस्थित, योजनाबद्ध र प्रभावकारी बनाउन विश्वविद्यालय अनुदान आयोगले राष्ट्रिय शैक्षिक पात्रो कार्यान्वयनमा ल्याएको छ।
विश्वविद्यालयहरूको शैक्षिक गतिविधिलाई एकीकृत र समयतालिकामा आधारित बनाउन आयोगले विश्वविद्यालयहरूसँग समन्वय गरी राष्ट्रिय शैक्षिक पात्रो लागू गरेको हो।
शिक्षा तथा खेलकुद मन्त्रालयले मन्त्रीस्तरीय निर्णयमार्फत उच्च शिक्षासम्बन्धी प्रतिवेदन २०८० लाई समयानुकूल परिमार्जन गर्दै नयाँ राष्ट्रिय शैक्षिक पात्रो स्वीकृत गरेको जनाएको छ।
यससँगै सबै विश्वविद्यालयमा कार्यान्वयनका लागि आयोगमार्फत परिपत्र गर्ने निर्णयसमेत गरिएको छ।
आयोगका अनुसार एकीकृत राष्ट्रिय शैक्षिक पात्रो लागू भएपछि भर्ना, अध्यापन, परीक्षा तथा नतिजा प्रकाशनलगायत शैक्षिक गतिविधि निर्धारित समयमै सञ्चालन हुनेछन्।
आयोगका उपनिर्देशक रमेशप्रसाद अधिकारीका अनुसार परिमार्जित पात्रोले विश्वविद्यालय शिक्षामा अनुशासन, नियमितता र गुणस्तर सुधारमा महत्त्वपूर्ण योगदान पुर्याउनेछ।
प्रकाशित मिति: १७ असार २०८३, बुधबार













प्रतिक्रिया