काठमाडौं ।  टिकटकमा ‘नेपाली ब्रो’का नामले परिचित नुवाकोटका कुमार थापासहित चार जनाविरुद्ध श्रीमती ईश्वरी भुजेलको हत्या प्रकरणमा कर्तव्य ज्यान मुद्दा दर्ता गरिएको छ। जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले कुमार थापा, उनकी प्रेमिका प्रतीक्षा आचार्य, भाइ विक्रम थापा मगर र पुजन क्षेत्री थापालाई प्रतिवादी बनाउँदै काठमाडौं जिल्ला अदालतमा जन्मकैदको मागसहित मुद्दा दर्ता गरेको हो।

प्रहरी अनुसन्धानअनुसार गत जेठ २२ गते काठमाडौंको तारकेश्वरस्थित पैयाँटार क्षेत्रमा ड्युटी सकेर घर फर्किरहेकी ईश्वरीमाथि धारिलो हतियार प्रहार गरी हत्या गरिएको थियो। अनुसन्धानबाट श्रीमतीले सम्बन्धविच्छेद प्रक्रिया अघि बढाएपछि र यसअघि दायर गरेको जबरजस्ती करणी तथा घरेलु हिंसाको मुद्दा फिर्ता लिन नमानेपछि योजनाबद्ध रूपमा हत्या गरिएको निष्कर्ष निकालिएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: १७ असार २०८३, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com