काठमाडौं ।  अध्यागमन विभागले काठमाडौंको चोभार र ललितपुरको धोबिघाटबाट शङ्कास्पद गतिविधिमा संलग्न रहेको आशंकामा २७ जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ।विभागका अनुसार पक्राउ परेकामध्ये २१ जना धोबिघाट र ६ जना चोभारबाट नियन्त्रणमा लिइएका हुन्। उनीहरूमध्ये चार जनासँग बिजनेस भिसा र बाँकीसँग भिजिट भिसा रहेको भेटिएको छ। उनीहरू ड्रागन ब्रिज इन्टरनेसन प्रालि र ट्रेजर्स प्रालिमा आबद्ध रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

अध्यागमन विभागका प्रवक्ता टीकाराम ढकालका अनुसार उनीहरू होस्टल शैलीमा बस्दै शङ्कास्पद गतिविधि सञ्चालन गरिरहेका थिए। घटनास्थलबाट शङ्कास्पद ग्याजेटहरू समेत बरामद गरिएको छ भने तीन जना चिनियाँ नागरिक क्रिप्टोकरेन्सी कारोबारमा संलग्न रहेको आशंकामा थप अनुसन्धानका लागि प्रहरीलाई जिम्मा लगाइने भएको छ।

प्रकाशित मिति: १७ असार २०८३, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com