काठमाडौं । सरकारले शिक्षा नियमावलीको दशौँ संशोधन स्वीकृत गरेको छ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले शिक्षा क्षेत्रसँग सम्बन्धित विभिन्न व्यवस्थामा परिमार्जन गर्ने उद्देश्यसहित शिक्षा नियमावली (दशौँ संशोधन) स्वीकृत गर्ने निर्णय गरेको हो।
यसअघि शिक्षा नियमावलीको नवौँ संशोधन २०७७ साल फागुन ३ गते स्वीकृत भएको थियो। त्यसको करिब पाँच वर्षपछि सरकारले दशौँ संशोधनलाई मन्त्रिपरिषद्बाट अनुमोदन गरेको हो।
प्रकाशित मिति: १८ असार २०८३, बिहिबार













प्रतिक्रिया