काठमाडौं । स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टीलाई थप डिजिटल, पारदर्शी र प्रविधिमैत्री बनाउने उद्देश्यसहित तयार गरिएको डिजिटल प्लेटफर्मबारे आफ्ना प्रतिनिधिसभाराष्ट्रिय सदस्यहरूलाई अभिमुखीकरण दिने भएको छ। सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा आयोजना हुने कार्यक्रममा सांसदहरूलाई प्रणालीको प्रयोग, सञ्चालन प्रक्रिया तथा साइबर सुरक्षासम्बन्धी जानकारी प्रदान गरिनेछ। साथै, अभिमुखीकरणपछि सबै सांसदले आफ्ना संसदीय तथा जनप्रतिनिधिमूलक गतिविधि अनिवार्य रूपमा डिजिटल प्रणालीमा अद्यावधिक गर्नुपर्ने व्यवस्था गरिएको छ।
यस प्रणालीमार्फत सांसदसँग भेटघाटका लागि अनलाइनबाट समय माग्न, संसद्मा उठाइने विषयवस्तु पूर्वजानकारीका रूपमा दर्ता गर्न तथा निर्वाचन क्षेत्रमा भएका भ्रमण, भेटघाट र अन्य गतिविधिको विवरण नियमित रूपमा अद्यावधिक गर्न सकिनेछ। त्यस्तै, नागरिकहरूले पनि आफ्ना सांसदलाई यही डिजिटल माध्यमबाट गुनासा, सुझाव तथा प्रतिक्रिया पठाउन सक्नेछन्। प्रणालीमा सङ्कलित विवरणका आधारमा सांसदहरूको कार्यसम्पादन मूल्याङ्कन गर्न सकिने सुविधा समेत समावेश गरिएको रास्वपाले जनाएको छ।
प्रकाशित मिति: १८ असार २०८३, बिहिबार













प्रतिक्रिया