काठमाडौं । बिहीबार दिउँसो काठमाडौं उपत्यकासहित आसपासका पहाडी जिल्लामा परेको भारी वर्षापछि आज राति पनि देशका विभिन्न भागमा वर्षा जारी रहने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। देशभर सामान्यदेखि पूर्ण बदली रहने तथा केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा हुने पूर्वानुमान गरिएको छ।

महाशाखाका अनुसार बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थान, कर्णालीका पहाडी भूभाग तथा मधेस र कोशी प्रदेशका थोरै स्थानमा मध्यमदेखि भारी वर्षा हुन सक्ने सम्भावना छ। हिमाली क्षेत्रका केही स्थानमा हल्का हिमपातसमेत हुन सक्ने जनाउँदै सक्रिय मनसुनी प्रणालीका कारण बाढी, पहिरो र डुबानको जोखिम रहने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको

प्रकाशित मिति: १८ असार २०८३, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com