काठमाडौं । स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्य बढेको छ । बिहीबारको तुलनामा सुन तोलामा सात हजार २०० र चाँदी १६५ ले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुुन प्रतितोला दुई लाख ९० हजार ७०० रूपैँया कायम भएकाे छ। हिजो बिहीबार छापावाल सुुन प्रतितोला दुई लाख ८३ हजार ५०० रूपैँया काराेबार भएको थियो ।
यस्तै, चाँदीकाे मूल्य चार हजार ६१५ कायम भएको छ । हिजो बिहीबार चाँदीकाे मूल्य चार हजार ४५० रूपैँयामा काराेबार भएको थियो ।
प्रकाशित मिति: १९ असार २०८३, शुक्रबार













प्रतिक्रिया