जनकपुरधाम । नेकपा (एमाले)का पूर्वसांसद लक्ष्मी महतोलाई पाँच वर्षको कैद सजाय कार्यान्वयनका लागि जलेश्वर कारागार चलान गरिएको छ।

बिहीबार महोत्तरीको गौशालाबाट पक्राउ परेका महतोलाई शुक्रबार जिल्ला प्रहरी कार्यालय महोत्तरीमा उपस्थित गराइएपछि अदालतको आदेशअनुसार कैद भुक्तानका लागि कारागार पठाइएको हो।

महोत्तरीका प्रहरी प्रवक्ता डीएसपी पञ्चलाल गोलेका अनुसार अदालतको आदेशपछि महतोलाई जलेश्वर कारागार चलान गरिएको छ।

दोस्रो मधेश आन्दोलनका क्रममा सशस्त्र प्रहरीका असई थमन विक हत्या प्रकरणमा महोत्तरी जिल्ला अदालतले यसअघि महतोलाई सफाइ दिएको थियो। तर उच्च अदालत जनकपुरले उक्त फैसला उल्टाउँदै बुधबार उनलाई पाँच वर्ष कैद सजाय सुनाएको थियो।

उच्च अदालतको फैसला आएलगत्तै प्रहरीले महतोलाई गौशालाबाट पक्राउ गरेको थियो। अदालतको आदेश कार्यान्वयनसँगै उनी अब पाँच वर्षको कैद सजाय भुक्तानका लागि कारागारमा रहनेछन्।

प्रकाशित मिति: १९ असार २०८३, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com