काठमाडौं। देशका सात वटा विश्वविद्यालयमा नयाँ उपकुलपति नियुक्त भएका छन्। कुलपतिसमेत रहेका प्रधानमन्त्री बालेन शाहले खुला प्रतिस्पर्धामार्फत छनोट गरिएका सात जनालाई उपकुलपति पदमा नियुक्त गरेका हुन्।
नियुक्त हुनेहरूमा त्रिभुवन विश्वविद्यालयमा डा. भोला थापा, सुदूरपश्चिम विश्वविद्यालयमा किसानदत्त भट्ट, मध्यपश्चिम विश्वविद्यालयमा राजन सुवाल, कृषि तथा वन विश्वविद्यालयमा ऋषिराम कट्टेल, राजर्षि जनक विश्वविद्यालयमा श्यामनारायण लाभ, पोखरा विश्वविद्यालयमा देवेन्द्र अधिकारी तथा पूर्वाञ्चल विश्वविद्यालयमा सुजन बाबु मरहट्टा रहेका छन्।
उपकुलपति छनोटका लागि शिक्षामन्त्री सस्मित पोखरेलको संयोजकत्वमा सिफारिस समिति गठन गरिएको थियो। सोही समितिको सिफारिसका आधारमा प्रधानमन्त्री शाहले शुक्रबार नियुक्ति गरेका हुन्।
सरकारले खुला प्रतिस्पर्धामार्फत योग्य र सक्षम नेतृत्व चयन गरेर विश्वविद्यालयको शैक्षिक गुणस्तर, अनुसन्धान तथा प्रशासनिक प्रभावकारिता सुदृढ बनाउने अपेक्षा गरेको छ।
प्रकाशित मिति: १९ असार २०८३, शुक्रबार













प्रतिक्रिया