काठमाडौं ।बैतडीको पाटन नगरपालिका–८ गैराखान क्षेत्रमा शुक्रबार यात्रुवाहक बस दुर्घटना हुँदा चालकसहित १९ जना घाइते भएका छन्। दार्चुलाबाट महेन्द्रनगरतर्फ आउँदै गरेको बस दशरथचन्द राजमार्गमा दुर्घटनामा परेको हो। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार गम्भीर घाइतेसहित सबै घाइतेलाई पाटन प्राथमिक स्वास्थ्य केन्द्र तथा अन्य स्वास्थ्य संस्थामा उपचारका लागि पठाइएको छ। दुर्घटनाको कारण खुल्न बाँकी रहेकाले घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। साथै, घाइतेहरूको पहिचान र स्वास्थ्य अवस्थाबारे थप विवरण संकलन गर्ने कार्य जारी रहेको प्रहरीले

प्रकाशित मिति: १९ असार २०८३, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com