काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले प्रदेश संरचनालाई अझ प्रभावकारी बनाउने विषयमा खुला बहस आवश्यक रहेको बताएका छन्। शुक्रबार पार्टीका सांसदहरूसँगको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले संविधान संशोधनको सन्दर्भमा प्रदेश संरचनाको प्रभावकारितामाथि गम्भीर छलफल हुनुपर्ने धारणा राखे।

उनले प्रदेश संरचना खारेज गर्ने होइन, समयअनुकूल सुधार (रेट्रोफिट) गर्दै नागरिकमैत्री र प्रभावकारी बनाउने विषयमा बहस हुनुपर्ने बताए। यस विषयमा सर्वदलीय सहमति आवश्यक रहेको उनको भनाइ थियो।

लामिछानेले खोला किनारमा बसोबास गर्ने नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने वर्तमान प्रक्रिया दीर्घकालीन रूपमा लाभदायी हुने विश्वास पनि व्यक्त गरे। यस क्रममा केही नागरिकले असहजता भोग्नुपरे पनि अन्ततः सुरक्षित आवास र राम्रो व्यवस्थापनबाट सकारात्मक परिणाम प्राप्त हुने उनको दाबी छ। विगतमा अपनाइएका विभिन्न मोडल प्रभावकारी हुन नसकेपछि नयाँ प्रक्रिया लागू गरिएको उनले बताए।

प्रकाशित मिति: १९ असार २०८३, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com