काठमाडौँ । व्यवसायी दीपक भट्ट र नेपाल नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशक प्रदीप अधिकारीलाई डिल्लीबजार कारागारबाट अन्य कारागारमा स्थानान्तरण गरिएको छ। कारागार व्यवस्थापन विभागले शुक्रबार दुवै जनाको स्थानान्तरण गर्ने निर्णय गरेको हो।
विभागका अनुसार भट्टलाई नख्खु कारागार पठाइएको छ भने अधिकारीलाई सुन्धारास्थित केन्द्रीय कारागारमा सारिएको छ। मनी लाउन्डरिङ मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका भट्ट र भ्रष्टाचार मुद्दामा थुनामा रहेका अधिकारीलाई प्रशासनिक व्यवस्थापनका लागि स्थानान्तरण गरिएको जनाइएको छ।
प्रकाशित मिति: १९ असार २०८३, शुक्रबार













प्रतिक्रिया