काठमाडौं। इरानका पूर्व सर्वोच्च नेता अयातोल्लाह अली खामेनीको अन्त्येष्टि समारोहमा सहभागी हुन राजधानी तेहरानमा ठूलो जनसमुदाय भेला भएको छ।

बीबीसी फारसी सेवाका अनुसार, तेहरानस्थित मोसल्ला मस्जिदमा श्रद्धाञ्जली अर्पण गर्न आउने मानिसहरूको भीड अत्यधिक बढेपछि कार्यक्रमस्थलका उत्तरी प्रवेशद्वारसमेत खोलिएको इरानी सञ्चारमाध्यमहरूले जनाएका छन्।

इरानी अधिकारीहरूले इरान र इराकका विभिन्न सहरमा आयोजना गरिएका छ दिनसम्मका श्रद्धाञ्जली कार्यक्रममा एक करोड ५० लाखदेखि दुई करोडसम्म मानिस सहभागी हुने अनुमान गरेका छन्।

यसैबीच, इराकी सञ्चारमाध्यमहरूका अनुसार अन्त्येष्टि समारोहका कारण बुधबार राजधानी बगदादमा सार्वजनिक गतिविधि सीमित रहने जनाइएको छ।

खामेनीको अन्त्येष्टि समारोह बिहीबार उनको जन्मथलो मशहदमा सम्पन्न हुने कार्यक्रम रहेको छ, जहाँ उनलाई अन्तिम श्रद्धाञ्जली अर्पण गरिनेछ।

प्रकाशित मिति: २० असार २०८३, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com