काठमाडौं । युक्रेनले रूसको उत्तरपश्चिमी शहर सेन्ट पिटर्सबर्गस्थित प्रमुख तेल टर्मिनल र नौसैनिक अड्डालाई लक्षित गर्दै ड्रोन आक्रमण गरेको जनाएको छ।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीका अनुसार आक्रमण प्रमुख नौसैनिक पूर्वाधारलाई लक्षित थियो। सेन्ट पिटर्सबर्गका गभर्नर अलेक्ज्याण्डर बेग्लोभले ठूलो ड्रोन आक्रमण भएको पुष्टि गर्दै तेल टर्मिनलमा क्षति पुगेको बताए। यद्यपि, मानवीय क्षतिबारे कुनै जानकारी दिइएको छैन।

युक्रेनले पछिल्ला दिनहरूमा रूसका ऊर्जा पूर्वाधारमाथि लामो दूरीका ड्रोन आक्रमण तीव्र पारेको छ। युक्रेनले रूसको तेल प्रशोधन क्षमताको करिब ४३ प्रतिशत प्रभावित भएको दाबी गरे पनि यो स्वतन्त्र रूपमा पुष्टि हुन सकेको छैन।
उता, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले हालैका आक्रमणपछि इन्धन आपूर्तिमा समस्या देखिएको स्वीकार गर्दै घरेलु बजारमा इन्धन आपूर्ति बढाउने विधेयक अनुमोदन गरेका छन्।

प्रकाशित मिति: २० असार २०८३, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com