काठमाडौं । कर्णाली नदीमा खसेको फोर्स गाडी तीन दिन बितिसक्दा पनि फेला परेको छैन। सुर्खेतको चामुण्डाबिन्द्रासैनी नगरपालिका–७ स्थित साङ्गेटाडा क्षेत्रमा दुर्घटनामा परेको गाडीको खोजी गोताखोर, ड्रोन, सोनार क्यामेरा, म्याग्नेट र नेपाली सेनाको हेलिकोप्टरमार्फत जारी रहेको प्रहरीले जनाएको छ।
दुर्घटनामा एक जनाको शव फेला परिसकेको छ भने चालकसहित अन्य चार जना अझै बेपत्ता छन्। कर्णालीको तीव्र बहाव र धमिलो पानीका कारण खोजी कार्यमा कठिनाइ भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: २० असार २०८३, शनिबार











प्रतिक्रिया