काठमाडौ । उपत्यकामा पछिल्लो २४ घण्टामा सवारी नियम उल्लङ्घन गरेको आरोपमा एक हजार ८१३ जना चालक कारबाहीमा परेका छन्। यस अवधिमा कारबाहीबाट राज्यकोषमा पाँच लाख २८ हजार ५०१ रुपैयाँ राजस्व संकलन भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

कार्यालयका अनुसार मादक पदार्थ सेवन गरी सवारी चलाउने ९, नियमविपरीत राइड सेयरिङ गर्ने १०५, ट्राफिक बत्ती उल्लङ्घन गर्ने ११९ तथा तीव्र गतिमा सवारी चलाउने ११५ जनालाई कारबाही गरिएको छ।

यस्तै, लेन अनुशासन पालना नगर्ने १०२, निषेधित क्षेत्रमा हर्न बजाउने ७९, सडकपेटीमा पार्किङ गर्ने ११७, एकतर्फी सडकमा सवारी चलाउने ६५ तथा अन्य विभिन्न ट्राफिक नियम उल्लङ्घन गर्ने एक हजार ११० जना चालकलाई पनि कारबाही गरिएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: २१ असार २०८३, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com