काठमाडौं। इरानका दिवंगत सर्वोच्च नेता आयातोल्लाह अली खामेनीका उत्तराधिकारी मोज्तबा खामेनी अझै सार्वजनिक रूपमा देखिएका छैनन्। सुरक्षा जोखिमका कारण उनी आफ्ना पिताको अन्त्येष्टि समारोहमा समेत सहभागी नहुने इरानी अधिकारीहरूले जनाएका छन्।

इरानी सञ्चारमाध्यमका अनुसार तेहरानमा जारी छ दिनसम्म चल्ने अन्त्येष्टि समारोहमा इजरायलबाट हुन सक्ने सम्भावित सुरक्षा खतरालाई मध्यनजर गर्दै ५६ वर्षीय मोज्तबा सार्वजनिक कार्यक्रममा सहभागी नगराइएको हो।

सञ्चारमाध्यमहरूले जनाएअनुसार अमेरिका–इजरायलको आक्रमणमा अली खामेनीको मृत्यु हुँदा मोज्तबा पनि घाइते भएका थिए। उक्त घटनामा खामेनीकी श्रीमती, बहिनी, भिनाजु तथा १४ महिनाकी भाञ्जीको पनि मृत्यु भएको बताइएको छ।

सार्वजनिक रूपमा अनुपस्थित रहे पनि मोज्तबाका नाममा राज्य सञ्चालित सञ्चारमाध्यममार्फत लिखित सन्देशहरू जारी भइरहेका छन्।

हालै जारी एक सन्देशमा उनले इरान र अमेरिकाबीच भएको समझदारीपत्र अनुमोदन गरेको उल्लेख गरेका छन्। व्यक्तिगत रूपमा केही असहमति रहे पनि राष्ट्रिय हित र प्रतिरोध मोर्चाको अधिकार सुरक्षित हुने विश्वासका आधारमा निर्णय अनुमोदन गरिएको उनको भनाइ छ।

अर्को सन्देशमा उनले अमेरिका र इजरायलद्वारा इरानमाथि गरिएको आक्रमण तथा आफ्ना पिताको हत्याको निष्पक्ष अनुसन्धान गरी दोषीलाई कानुनी दायरामा ल्याउनुपर्ने माग गरेका छन्। अपराधीलाई कानुनबमोजिम कारबाही हुनुपर्नेमा उनले जोड दिएका छन्।

प्रकाशित मिति: २१ असार २०८३, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com