काठमाडौं । राहदानी खरिद प्रकरण विशेष अदालतमा विचाराधीन रहेकै अवस्थामा राहदानी विभागले राहदानी आपूर्ति प्रक्रिया अघि बढाएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राहदानी खरिदमा अनियमितता भएको आरोपमा विभागका तत्कालीन महानिर्देशक तीर्थराज अर्यालसहित सात जनाविरुद्ध मुद्दा दायर गरेको थियो। उनीहरू अदालतको आदेशपछि धरौटीमा रिहा भएका छन्।
राहदानी विभागले कानुनी परामर्श र परराष्ट्र मन्त्रालयको समन्वयमा प्रक्रिया निरन्तर अघि बढाइएको जनाएको छ। विभागका अनुसार डेटा माइग्रेसन र प्रणाली स्तरोन्नतिको काम पूरा भइसकेको छ र असार २९ गतेदेखि नयाँ प्रणालीमार्फत राहदानी सेवा पूर्ण रूपमा सञ्चालन हुनेछ। प्रणाली परिवर्तनका कारण असार २४ देखि २६ गतेसम्म केही कार्यालयमा राहदानी सेवा अस्थायी रूपमा प्रभावित हुने विभागले जनाएको छ।
प्रकाशित मिति: २१ असार २०८३, आइतबार













प्रतिक्रिया