काठमाडौं । ललितपुर जिल्ला प्रशासन कार्यालयले मनसुनका कारण बढेको जोखिमलाई मध्यनजर गर्दै कान्ति लोकपथमा रातिको समयमा सवारी सञ्चालनमा रोक लगाएको छ। आज रातिबाट लागू हुने गरी मकवानपुर–सिन्धुली जाने सार्वजनिक तथा निजी यात्रुबाहक सवारीसाधनलाई साँझ ७ बजेदेखि बिहान ५ बजेसम्म सञ्चालन गर्न नपाइने भएको हो।

प्रशासनका अनुसार कान्ति लोकमार्गको अधिकांश भाग जोखिमयुक्त भौगोलिक क्षेत्रमा पर्ने भएकाले वर्षायाममा पहिरो जाने, ढुंगा खस्ने तथा सडक अवरुद्ध हुने सम्भावना उच्च छ। यात्रुको सुरक्षालाई ध्यानमा राख्दै अर्को सूचना जारी नभएसम्म रातिको समयमा उक्त सडकखण्डमा आवागमन नगर्न आग्रह गरिएको छ।

प्रकाशित मिति: २१ असार २०८३, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com