काठमाडौं । नेपाली कांग्रेसले आगामी १५औँ केन्द्रीय महाधिवेशनलाई प्रविधिमैत्री, कागजरहित (पेपरलेस) र पूर्ण रूपमा डिजिटल प्रणालीमा सञ्चालन गर्ने निर्णय गरेको छ।
केन्द्रीय निर्वाचन समितिको बैठकले मतदाता व्यवस्थापनदेखि मतदानसम्मका सबै प्रक्रिया डिजिटल बनाउने तथा सम्भव भएसम्म विद्युतीय मतदान मेसिन (ईभीएम) प्रयोगलाई प्राथमिकता दिने निर्णय गरेको हो। समितिले प्रविधिको प्रयोगबाट महाधिवेशनलाई स्वच्छ, पारदर्शी, सुरक्षित र प्रभावकारी बनाउने लक्ष्य लिएको जनाएको छ।
प्रकाशित मिति: २१ असार २०८३, आइतबार













प्रतिक्रिया