काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि अक्सनमा सहभागी हुने १५५ खेलाडीको नामावली सार्वजनिक गरेको छ।
क्यानका अनुसार खेलाडीलाई ‘ए’, ‘बी’ र ‘सी’ गरी तीन श्रेणीमा विभाजन गरिएको छ। ‘ए’ श्रेणीमा अर्जुन घर्ती, विवेक कुमार यादव, मोहम्मद आसिफ शेख, रुपेश कुमार सिंह र त्रित राज दास रहेका छन्। ‘बी’ श्रेणीमा २७ र ‘सी’ श्रेणीमा १२३ खेलाडी समावेश छन्। यस संस्करणदेखि प्रत्येक फ्रेन्चाइज टोलीमा दुई जना थप नेपाली खेलाडी राख्ने व्यवस्था गरिएको छ, जसअनुसार मार्की र ट्यालेन्ट हन्टमार्फत छनोट हुने खेलाडीसहित प्रत्येक टोलीमा १४ जना नेपाली खेलाडी रहनेछन्।
प्रकाशित मिति: २१ असार २०८३, आइतबार













प्रतिक्रिया