काठमाडौं ।  इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको अन्तिम श्रद्धाञ्जलि समारोहमा उनका तीन छोरा मसुद, मेइसाम र मुस्तफा सार्वजनिक रूपमा उपस्थित भएका छन्। इजरायल–अमेरिका आक्रमणपछि उनीहरू पहिलो पटक सार्वजनिक रूपमा देखिएका हुन्।

तेहरानस्थित ग्रान्ड मोसल्लामा आयोजित कार्यक्रममा राष्ट्रपति मसुद पेजेशकियान, संसदका सभामुख मोहम्मद बाघेर गालिबाफ, आईआरजीसी प्रमुख अहमद वहिदी तथा कुद्स फोर्सका कमाण्डर इस्माइल कानीलगायत शीर्ष नेता सहभागी भए। तर खामेनीका अर्का छोरा तथा सम्भावित उत्तराधिकारी मानिएका मोज्तबा खामेनी भने समारोहमा अनुपस्थित रहे। समारोहमा ठूलो संख्यामा सर्वसाधारणको सहभागिता रहेको थियो भने सुरक्षा व्यवस्था कडा पारिएको थियो।

प्रकाशित मिति: २१ असार २०८३, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com