काठमाडौं । नेपाली बजारमा आज सोमबार सुनको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ९०० रुपैयाँले घटेर  २ लाख ८९ हजार ४०० रुपैयाँ कायम भएको छ। यसअघि हिजो आइतबार सुन प्रतितोला २ लाख ९० हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।

सुनसँगै आज चाँदीको मूल्यमा पनि सामान्य गिरावट देखिएको छ। महासंघका अनुसार चाँदी आज प्रतितोला २० रुपैयाँले घटेर ४ हजार ५८५ रुपैयाँ कायम भएको छ।

हिजो आइतबार चाँदी प्रतितोला ४ हजार ६०५ रुपैयाँमा कारोबार भएको थियो।

प्रकाशित मिति: २२ असार २०८३, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com