काठमाडौं। श्रम संस्कृति पार्टीका सांसद आर्यन राईले संविधान संशोधनका नाममा लोकतन्त्र, संघीयता र धर्मनिरपेक्षतामाथि हस्तक्षेप गरिए कडा आन्दोलन गर्ने चेतावनी दिएका छन्।
सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले प्रदेश खारेजीको बहानामा संविधानका आधारभूत सिद्धान्त कमजोर पार्ने प्रयास स्वीकार्य नहुने बताए। संविधान संशोधन गर्नै परे उत्पीडित तथा पछाडि पारिएका समुदायको अधिकार थप सुनिश्चित गर्ने दिशामा हुनुपर्ने उनको भनाइ थियो।
सांसद राईले संविधानमा रहेको एकतिहाइ महिला प्रतिनिधित्वको व्यवस्था बढाएर ५० प्रतिशत पुर्याउनुपर्ने माग गर्दै आदिवासी जनजाति, दलित, मधेसी, मुस्लिम, थारू, मजदुर, विद्यार्थी तथा अन्य सीमान्तकृत समुदायका अधिकारको पुनरावलोकन गर्नुपर्नेमा जोड दिए।
उनले संविधान संशोधनको आवरणमा लोकतान्त्रिक व्यवस्था र संघीय संरचनालाई कमजोर बनाउने प्रयास गरिए सिंहदरबार केन्द्रित सशक्त प्रतिवाद र आन्दोलन हुने चेतावनी पनि दिए।
प्रकाशित मिति: २२ असार २०८३, सोमबार












प्रतिक्रिया