काठमाडौं । विशेष अदालतले नेपाल दूरसञ्चार प्राधिकरणको टेरामक्स खरिद प्रकरणमा पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री मोहनबहादुर बस्नेतलाई सफाइ दिएको छ।

न्यायाधीश हेमन्त रावल, डिल्लिरत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासले बस्नेतविरुद्ध लगाइएको अभियोग पुष्टि हुन नसकेको ठहर गर्दै उनलाई निर्दोष घोषणा गरेको हो।

यस्तै, अदालतले तत्कालीन नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झा तथा बोर्ड सदस्य धनराज ज्ञवाली र टीका उप्रेतीलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ। दोषी ठहर भएका तीनै जनालाई जनही ६ महिना कैद र ५० हजार रुपैयाँ जरिबाना हुने फैसला सुनाइएको छ।

अदालतले सार्वजनिक पदको जिम्मेवारीलाई मध्यनजर गर्दै तत्कालीन अध्यक्ष दिगम्बर झालाई थप ६ महिना कैद सजाय पनि सुनाएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कानुनी पूर्वाधार तयार नगरी टेरामक्स प्रणाली खरिद प्रक्रिया अघि बढाएको, राज्यलाई आर्थिक क्षति पुर्‍याएको तथा नागरिकको गोपनीयतामा असर पर्ने गरी निर्णय गरिएको आरोपसहित विशेष अदालतमा मुद्दा दायर गरेको थियो।

प्रकाशित मिति: २२ असार २०८३, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com