काठमाडौं  । भूमि व्यवस्था, सहकारी तथा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरकारी जग्गामा बनेका निजामती कर्मचारी ट्रेड युनियन तथा कर्मचारी संगठनका भवन तीन दिनभित्र खाली गर्न निर्देशन दिएको छ। मन्त्रालयका अनुसार ट्रेड युनियन व्यवस्था र सम्बन्धित संगठनहरूको दर्ता खारेज भइसकेकाले ती संरचना प्रयोग गर्ने कानुनी आधार समाप्त भएको हो।

मन्त्रालयले तीन दिनभित्र भवन, कागजात, सम्पत्ति र साँचो बुझाउन निर्देशन दिँदै तोकिएको समयभित्र खाली नगरे प्रचलित कानुनअनुसार कारबाही गरिने चेतावनी दिएको छ। स्वतन्त्र राष्ट्रसेवक कर्मचारी संगठन, नेपाल निजामती कर्मचारी युनियन, नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठन, नेपाल स्वास्थ्यकर्मी संघलगायतका संगठनले प्रयोग गरिरहेका भवन खाली गर्न भनिएको छ।

प्रकाशित मिति: २२ असार २०८३, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com