काठमाडौं । राष्ट्रियसभाले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘आर्थिक विधेयक, २०८३’ माथि विचार गर्ने प्रस्ताव सर्वसम्मत रूपमा स्वीकृत गरेको छ।

मंगलबार बसेको राष्ट्रियसभा बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उक्त प्रस्ताव प्रस्तुत गरेका थिए। सभाले प्रस्तावलाई सर्वसम्मतिले अनुमोदन गर्दै विधेयकमाथिको औपचारिक प्रक्रियालाई अघि बढाएको हो।

प्रस्ताव निर्णयमा लैजानुअघि राष्ट्रियसभा सदस्यहरूले आर्थिक विधेयकमाथि आफ्ना धारणा राख्दै विभिन्न सुझाव र टिप्पणी प्रस्तुत गरेका थिए।

छलफल सम्पन्न भएपछि सभाध्यक्षले निर्णयार्थ प्रस्तुत गरेको प्रस्ताव बैठकले सर्वसम्मत रूपमा पारित गरेको हो।

प्रकाशित मिति: २३ असार २०८३, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com