काठमाडौं । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–९ मंगलटारस्थित इलाका प्रहरी कार्यालय मंगलटार अगाडिको प्रहरी चेकपोस्टमा सवारी जाँचका क्रममा ब्राउन सुगरसहित पाँच जना पक्राउ परेका छन्।

असार २३ गते साँझ करिब ५ बजे बर्दिबासबाट काठमाडौँतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–०३४ च ६५९४ नम्बरको इलेक्ट्रिक कार शङ्कास्पद देखिएपछि प्रहरीले जाँच गरेको थियो। जाँचका क्रममा दोलखाको भीमेश्वर नगरपालिका–७ निवासी २० वर्षीया रितु जैसीले कम्मरमा बाँधेको ज्याकेटको गोजीबाट प्लास्टिकसहित ६०.०६ ग्राम तथा प्लास्टिकबाहेक ५६.७५ ग्राम ब्राउन सुगरजस्तो देखिने पदार्थ बरामद भएको प्रहरीले जनाएको छ।

प्रहरीले कारमा सवार पाँचै जनाको लागूऔषध तथा मादक पदार्थ सेवन परीक्षण गर्दा सविन कोइराला र जगत् खत्रीको रिपोर्ट पोजिटिभ आएको जनाएको छ।

पक्राउ परेका पाँचै जनालाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोक पठाइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: २४ असार २०८३, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com