काठमाडौं । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डीपी) अर्यालले नेकपा एमालेका सांसद राजेन्द्रकुमार राईले बुधबारको बैठकमा प्रयोग गरेका सम्पूर्ण अभिव्यक्ति संसदीय अभिलेखबाट हटाउन संसद् सचिवालयलाई निर्देशन दिएका छन्।
बुधबारको प्रतिनिधिसभा बैठकमा बोल्ने क्रममा सांसद राईले सभामुखलाई लक्षित गर्दै ‘तपाईं कान सुन्नुहुन्छ कि सुन्नुहुन्न ?’ भन्ने अभिव्यक्ति दिएका थिए। त्यसपछि सभामुख अर्यालले उनको भनाइ मर्यादाविपरीत भएको भन्दै बीचमै रोकेका थिए।
विवादका क्रममा राईले सभामुखको ‘खुट्टी हेरिसकेको’ भन्ने टिप्पणीसमेत गरेपछि सदनमा तनाव सिर्जना भएको थियो। त्यसपछि प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित गरिएको थियो।
बैठक पुनः सञ्चालन भएपछि सांसद राईले आफ्नो धारणा राखेका थिए। त्यसलगत्तै सभामुख अर्यालले राईले प्रारम्भिक चरणमा प्रयोग गरेका सम्पूर्ण शब्द संसदीय अभिलेखबाट हटाउन निर्देशन दिएका हुन्।
माननीय सदस्य राजेन्द्रकुमार राईले यसअघि बोल्ने क्रममा प्रयोग गर्नुभएको सम्पूर्ण शब्द संसदीय अभिलेखबाट हटाउन म सचिवालयलाई निर्देशन गर्दछु,’ सभामुख अर्यालले बैठकमा भने।
प्रकाशित मिति: २४ असार २०८३, बुधबार












प्रतिक्रिया