काठमाडौं । प्रतिनिधिसभाको बैठक विशेष कारण देखाउँदै भोलिसम्मका लागि स्थगित गरिएको छ।
यसअघि १५ मिनेटका लागि स्थगित गरिएको बैठक पुनः सञ्चालन नगरी संघीय संसद् सचिवालयले सूचना जारी गर्दै शुक्रबार बिहान ११ बजे बस्ने गरी स्थगित गरेको हो।
संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेद्वारा जारी सूचनामा विशेष कारणवश निर्धारित समयमा बैठक सञ्चालन गर्न नसकिएको उल्लेख गरिएको छ।
प्रतिनिधिसभा नियमावली, २०८३ को नियम ६ को उपनियम (३०) बमोजिम बैठक स्थगित गरिएको सचिवालयले जनाएको छ।
प्रकाशित मिति: २४ असार २०८३, बुधबार













प्रतिक्रिया