काठमाडौं । सुडानमा सर्वसाधारण चढेका सवारीसाधनलाई लक्षित गरी भएका छुट्टाछुट्टै ड्रोन आक्रमणमा कम्तीमा २० जनाको मृत्यु भएको छ। राजधानी खार्तुमको बाहिरी क्षेत्रमा विवाह समारोहमा जाँदै गरेको सवारीसाधनमा भएको आक्रमणमा एउटै परिवारका पाँच महिलासहित १० जनाले ज्यान गुमाएका छन्।
अधिकारवादी संस्था ‘इमर्जेन्सी लयर्स’का अनुसार नर्थ कोर्डोफान प्रान्तमा भएका थप दुई ड्रोन आक्रमणमा अन्य १० जनाको मृत्यु भएको छ। संयुक्त राष्ट्रसंघले सन् २०२३ देखि जारी सुडानको द्वन्द्वमा हालसम्म कम्तीमा ५९ हजार जनाको मृत्यु, करिब १ करोड ३० लाख मानिस विस्थापित तथा ३ करोडभन्दा बढी मानिस मानवीय सहायताको आवश्यकता रहेको जनाएको छ।
प्रकाशित मिति: २४ असार २०८३, बुधबार












प्रतिक्रिया