काठमाडौं। बल्खु क्षेत्रमा यात्रु तथा सर्वसाधारणलाई जबरजस्ती गाडीमा चढाउने, झोला र सामान तान्ने तथा दुःख दिने गतिविधिमा संलग्न १७ जनालाई प्रहरीले पक्राउ गरेको छ।
लामो समयदेखि यस्ता गतिविधिबारे आएका जनगुनासोका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले बुधबार बल्खुबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो।
पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। सूचना अधिकारी प्रहरी उपरीक्षक रामेश्वर कार्कीका अनुसार उनीहरूविरुद्ध आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको छ।
प्रकाशित मिति: २४ असार २०८३, बुधबार












प्रतिक्रिया