काठमाडौं । नेपाली बजारमा बिहीबार सुन र चाँदीको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ८४ हजार ७०० कायम भएको छ । बुधबार प्रतितोला रु दुई लाख ८७ हजार १०० मा कारोबार भएको सुनको मूल्य आज रु दुई हजार ४०० ले घटेको हो ।
यस्तै, चाँदीको मूल्य पनि घटेको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला रु चार हजार ३४० कायम भएको छ । बुधबार प्रतितोला रु चार हजार ५०० रहेको चाँदीको मूल्य आज रु १६० ले घटेको हो ।
प्रकाशित मिति: २५ असार २०८३, बिहिबार













प्रतिक्रिया