काठमाडौं । काठमाडौंको धोबीखोलामा हाम फालेकी एक महिला मृत अवस्थामा फेला परेकी छन्।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार कालोपुल–रातोपुल क्षेत्रबाट धोबीखोलामा हाम फालेकी ती महिलाको शव बल्खुस्थित कुमारी क्लबभन्दा तल खोलामा फेला परेको हो।

प्रहरीका अनुसार महिलाको उमेर करिब ३५ वर्ष रहेको अनुमान गरिएको छ। घटनापछि तत्कालै प्रहरी टोली खोजी तथा उद्धारमा परिचालन भएको थियो। खोजीका क्रममा उनको शव बल्खु क्षेत्रमा भेटिएको प्रहरीले जनाएको छ।

हालसम्म मृतक महिलाको परिचय खुल्न सकेको छैन। उनले किन खोलामा हाम फालेकी हुन् भन्ने कारण पनि खुलेको छैन।

प्रहरीले शवलाई पोस्टमार्टमका लागि पठाउने तयारी गरेको छ भने घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ।

प्रकाशित मिति: २५ असार २०८३, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com