काठमाडौं । नेपाल आयल निगमको कार्यकारी निर्देशक पदका लागि ६ जनाले आवेदन दिएका छन्।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार आवेदन दिनेमा छविराज पोखरेल, कौशल केसी, संजिवकुमार देव, सीए नागेन्द्र साह, सरोजकुमार शर्मा र दीपेन्द्रकुमार देव रहेका छन्।
मन्त्रालयले उनीहरूको अन्तर्वार्ताको मिति पछि सार्वजनिक गरिने जनाएको छ। कार्यकारी निर्देशक नियुक्तिका लागि मन्त्रालयले असार २ गते आवेदन आह्वान गरेको थियो।
प्रकाशित मिति: २५ असार २०८३, बिहिबार













प्रतिक्रिया