काठमाडौं । त्रिपुरेश्वरस्थित राहदानी विभाग नजिक आत्मदाह प्रयास गरेका २५ वर्षीय गणेश नेपालीको स्वास्थ्य अवस्था गम्भीर रहेको चिकित्सकहरूले बताएका छन्।
हाल उनको वीर अस्पतालको सघन उपचार कक्ष (आईसीयू)मा उपचार भइरहेको छ। उपचारमा संलग्न प्लास्टिक सर्जन डा. पीयूष दाहालका अनुसार नेपालीको हात, घाँटी र टाउकोमा गम्भीर जलन भएको छ।
उनका अनुसार शरीरको ५० प्रतिशतभन्दा बढी भाग जलेको छ र उनको अवस्था चिन्ताजनक रहेकाले आईसीयूमा राखेर उपचार भइरहेको छ।
प्रकाशित मिति: २५ असार २०८३, बिहिबार













प्रतिक्रिया