काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि आत्मदाहको प्रयास गरेका गणेश नेपालीको उपचारका क्रममा निधन भएको छ।
उनले बिहीबार दिउँसो राहदानी विभागको गेट नजिकै आफ्नै शरीरमा पेट्रोल छर्किएर आगो लगाएका थिए। घटनालगत्तै प्रहरीले उद्धार गरी वीर अस्पतालको बर्न युनिटमा भर्ना गरेको थियो।
शरीरका विभिन्न भाग गम्भीर रूपमा जलेका कारण उनको अवस्था सुरुदेखि नै चिन्ताजनक रहेको चिकित्सकहरूले बताएका थिए। उपचारका क्रममा उनको ज्यान गएको हो।
प्रकाशित मिति: २६ असार २०८३, शुक्रबार













प्रतिक्रिया